प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHILLATHWA PARU - 1

Press Release regarding the Fourth BIMSTEC Summit

नेपालमा आयोजना गरिने विमस्टेकको चौथो शिखर सम्मेलनका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट हालै प्रकाशित समाचार प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । सन् २०१४ मार्चमा म्यानमारको ने पि तोमा सम्पन्न तेस्रो शिखर सम्मेलन पश्चात नेपालले विमस्टेकको अध्यक्षता ग्रहण गरेको र अध्यक्ष राष्ट्रका हैसियतले आगामी चौथो शिखर सम्मेलनको आयोजना नेपालले गर्ने छ ।

यसै सिलसिलामा नेपालले विमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गर्ने विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भईसकेको सन्दर्भमा नेपाल सरकारले उक्त सम्मेलन आयोजना गर्न नसक्ने अर्थ लाग्ने गरी प्रकाशित भएका समाचार प्रति नेपाल सरकार खेद प्रकट गर्दछ । साथै, नेपाल सरकार उक्त शिखर सम्मेलन समयमै सम्पन्न गर्न प्रतिवद्ब एवं सक्षम छ र सदस्य राष्ट्रहरुसंग परामर्श गरी शिखर सम्मेलनको मिति घोषणा गरिनेछ ।

प्रवक्ताको कार्यालय
परराष्ट्र मन्त्रालय
काठमाडौं ।
२३ जेठ २०७३