national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHAULAGA EKADASHI - 26

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक छनोट प्रक्रियाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता चरणको लागि श्री प्रकाश कुमार सुवेदी छनौट हुनु भएको सूचना

नेपाल सरकार
परराष्ट्र मन्त्रालय

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको  पदपूर्ति सम्बन्धी पहिलो पटक मिति २०८०/०९/१७ र पुन: मिति २०८०/१०/२१ मा गोरखापत्र दैनिकमा प्रकाशित सूचना  बमोजिम पर्न आएका आवेदनहरु परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितको बैठक र छनौट सम्बन्धी कार्यविधि२०७५ बमोजिम छनौट प्रक्रियामा लैजादा उम्मेदवारको शैक्षिक योग्यता, तालिम र अनुभव तथा पेश भएको कार्ययोजना र दूरदृष्टि सहितको कार्यपत्रको परिक्षणबाट कार्ययोजना र दूरदृष्टि सहितको कार्यपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लगि श्री प्रकाश कुमार सुवेदी छनौट हुनु भएको हुँदा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितको बैठक र छनौट सम्बन्धी कार्यविधि२०७५ को दफा १२ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।

छनौट तथा सिफारिस समिति
मिति २०८०।१२।२३