अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहा रोजगारीको सिलसिलामा रहेका नेपालीहरुको अबस्था एकीन गरी आवश्यक समन्वयका साथ उद्दारका कार्यहरु गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक आज मिति २०७८/४/३२ मा बस्यो। बैठकले गरेका निर्णयहरू निम्न रहेका छन् :
यस अघि माननीय गृहमन्त्री श्री बालकृष्ण खांणज्यूको समुपस्थितिमा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरू सम्मिलित बैठकमा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार सम्बन्धमा माननीय मन्त्रीज्यूले आवश्यक निर्देशन दिनुभएको छ।
कावुलबाट हिजो देखि नै त्यहा रहेका नेपालीहरुको सुरक्षित फिर्ती प्रकृया क्रमश: शुरू भैसकेको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयले सबै तर्फबाट कूटनीतिक पहल गरिरहेको छ। अफगानिस्तानमा रहेका नेपालीहरुको क्रमिक रूपमा स्वदेश आगमन १ – २ दिनमा शुरु हुंदैछ। त्यहां रहेका नेपाली नागरिकहरु र उनीहरुका रोजगारदाताहरुसंग यस अघि सार्वजनिक गरिएका टेलिफोन नम्बर, अनलाइन पोर्टल, भाइवर, ह्वाट्सएप तथा इमेल मार्फत मन्त्रालय, कन्सुलर सेवा विभाग र नयांदिल्लीस्थित नेपाली राजदूतावास नियमित सम्पर्कमा रहेको ब्यहोरा जानकारी गराइन्छ।
माथि उल्लेखित कन्सुलर सेवा विभागको वेव पोर्टलमा आज सांझ ६ बजेसम्म १३४ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गर्नुभएको छ।
परराष्ट्र मन्त्रालय,
सिंहदरबार, काठमाडौँ।
2078/04/3२