A.D.:
Nepal Samvat: 1145 KAULAGA PARU - 16
February 27, 2018, 12:00 AM
एकल प्रवेशी (Single Entry) सेन्जेन भीसा लिई नेपालबाट विभिन्न प्रयोजनमा आउने नेपाली नागरिकहरु ले आर्को सेन्जेन मुलुकमा जांदा गैर सेन्जेन मुलुक (Non-Schengen Country) भएर नजान यस राजदूतावास सरोकारवाला नेपाली नागरिकहरुलाई आग्रह गर्दछ । यसो गरेको खण्डमा एकल प्रवेशी भीसा सकिएको मानेर गन्तव्य सेन्जेन मुलुकले प्रवेश दिन अस्वीकार गर्ने भएको हुनाले यसबाट जोगिन यो सचेतनामूलक सूचना प्रकाशित गरिएको छ । सेन्जेन मुलुकका केही लयल non-Schengen छिमेकी मुलुकहरुले क्अजभलनभल ख्ष्कब वाहकलाई आगमनकै वखत भीसा (On Arrival Visa) प्रदान गर्ने गरेको तर आफ्नो सेन्जेन भीसा चाहिं single entry भएको कुरो ख्याल नरहंदा केही नेपाली नागरिक समस्यामा पर्ने गरेको जानकारी प्राप्त भएको छ ।
त्यसैगरी सेन्जेनको single entry भीसाबाट सेन्जेन मुलुकमा प्रवेश गरिसकेपछि Non-Schengen छिमेकी मुलुकमा नेपाली नागरिकहरु घुम्न जांदा वा ट्रन्जिटमा रहिसकेर पुनः सेन्जेन मुलुकमा प्रवेश गर्न खोज्दा प्रवेश नपाएर धेरै झन्झटमा फसेका जानकारी समय समयमा प्राप्त हुन थालेकाले नेपाली नागरिकहरु यस्तो समस्यामा नपरुन् भन्नाका खातिर यो सूचना प्रकाशित गरिएको हो ।
नेपाली राजदूतावास
पेरिस ।
१५ माघ २०७४ (२९ जनवरी २०१८)
_______________________________________________________________________________
45 bis Rue des Acacias, 75017 Paris. Tel: 33-1 46 22 48 67 Fax: 33-1 42 27 08 65
E-mail: nepalinparis@noos.fr web site: www.nepalembassyparis.gov.np
Facebook Sahayog Nepali