राष्ट्रिय आर्थिक गणना २०८२
A.D.:
Nepal Samvat: 1146 CHAULAGA PANCHAMI - 20
July 01, 2025, 07:53 PM
सूचना
इजरायल र इरानबीचको द्वन्द्वका कारण विकसित घटनाक्रमले सिर्जना गरेको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी मिति 2082 असार 4 (तदनुसार 18 जुन 2025) का दिन इजरायल र इरानमा रहेका नेपाली नागरिकहरु तथा नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुकहरुको भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरुलाई लक्षित गरी यस मन्त्रालयले यात्रा सम्बन्धी जानकारी (Travel Advisory) जारी गरेको व्यहोरा सर्वविदितै छ।
इजरायल र इरानबीच विद्यमान द्वन्द्व मिति 2082 असार 9 (तदनुसार 23 जुन 2025) का दिन द्वन्द्वरत दुवै पक्षबीच युद्धविराम भएपश्चात अन्त्य भएको र हाल त्यहाँ क्रमश: शान्ति बहाली भई जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको जानकारी प्राप्त भएकोले यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी इजरायल र इरान एवं मध्यपूर्वका अन्य मुलुकहरुका प्रचलित अध्यागमन नियम तथा प्रक्रियाहरुको पालना गरी पूर्ववत रुपमा ती मूलुकहरुको यात्रा गर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिन्छ।
काठमाडौं
१७ आषाढ २०८२