NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व चतुर्थी - ४

सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यू थाइल्याण्डको औपचारिक भ्रमण समाप्त गरी स्वदेश फर्केपछि जारी प्रेस नोट।

उपस्थित  सञ्चारकर्मी  मित्रहरू,

 

मित्रराष्ट्र थाइल्याण्डका प्रधानमन्त्री महामहिम फेथोङ्थान सिनावातको मैत्रिपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसमा भाग लिई आज स्वदेश फर्किएको छु। नेपालका तर्फबाट प्रधानमन्त्रीस्तरमा थाइल्याण्डको पहिलो औपचारिक भ्रमण भएको कुरा यहाँहरूलाई अवगत भैसकेको छ।

 

मेरो भ्रमणको उद्देश्य नेपाल थाइल्याण्डबीच सदियौंदेखि कायम रहँदै आएको मित्रता सद्भावमा थप अभिवृद्धि गर्ने, दुई देशबीचको सामाजिक-सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने, द्विपक्षीय आर्थिक सम्बन्धको दायरा बिस्तारका लागि पहल गर्ने आर्थिक समृद्धिको राष्ट्रिय आकांक्षा हासिल गर्न थाइ सरकारको सहयोग सद्भाव प्राप्त गर्ने रहेको थियो।

 

यसका साथै, नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै थाइल्याण्डको बैंककमा आयोजना हुने छैटौं बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने घनिभूत क्षेत्रीय सहकार्यमार्फत सदस्य मुलुकका पारस्परिक हित, लाभका विविध विषयहरुमा छलफल गर्ने मेरो भ्रमणको अर्को प्रमुख उद्देश्य रहेको थियो।

 

थाइल्याण्डमा रहँदा मैले प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय औपचारिक वार्ता गरेँ। उक्त अवसरमा नेपाल थाइल्याण्डबीच व्यापार तथा लगानी, कृषि, पर्यटन तथा संस्कृति, शिक्षा तथा मानव संशाधन विकास लगायत द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आपसी हितका क्षेत्रीय एवं बहुपक्षीय मामिलाहरूमा सहयोग सहकार्य गर्ने विषयमा विस्तृत एवं फलदायी कुराकानी भयो।

 

बौद्ध धर्म एवं दर्शनले जोडेको हजारौं वर्षदेखिको नेपाल थाइल्याण्डबीचको सांस्कृतिक सम्बन्ध एवं दशक भन्दा लामो द्विपक्षीय घनिष्ठ कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने यो सम्बन्धको जगमा उभिएर दुई देशबीचको आर्थिक सम्बन्धलाई पनि समयानुकूल फराकिलो गहिरो बनाउँदै लैजाने विषयमा दुवै पक्षबीच सहमति भएको छ।

 

साथै राजनीतिक स्थायित्व, सामाजिक सद्भाव तथा आर्थिक विकाससँगै समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षा सफल हुने विश्वास व्यक्त गर्दै यो लक्ष्य प्राप्तिमा नेपाललाई थाइल्याण्ड सरकारको सक्दो सहयोग रहने प्रतिबद्धता थाइ प्रधानमन्त्रीबाट प्राप्त भएको छ। सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्रको सूचिबाट हुने स्तरोन्नतिलाई सहज दिगो बनाउन थाइ सरकारबाट निरन्तर सहयोग उपलब्ध हुने कुरामा आश्वस्त पार्नुभएको छ।

 

नेपालको प्राथमिकतामा परेका तथा थाइल्याण्डले दक्षता हासिल गरेका कृषि, पर्यटन, पूर्वाधार बिकास, सूचना प्रविधि लगायतका क्षेत्रहरूमा थाइ लगानी तथा प्रविधि हस्तातरण मार्फत् सहयोग गर्न थाइल्याण्ड सरकार तयार रहेको विचार प्रधानमन्त्री शिनावातले व्यक्त गर्नुभयो। शिक्षा तथा मानव संशाधन विकासका लागि द्विपक्षीय सहयोग अभिवृद्धि गर्दै लैजाने विषयमा समेत महत्वपूर्ण एवं सार्थक कुराकानी भयो।

 

द्विपक्षीय सम्बन्ध सुदृढीकरणका साथसाथै जलवायु परिवर्तन, दिगो विकास, विश्व शान्ति लगायतका साझा चासोका विषयहरूमा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा पनि आपसी सहयोग सहकार्य थप बलियो प्रभावकारी बनाउँदै जाने कुरामा दुवै पक्षबीच सहमति भएको छ।

 

भ्रमणका अवसरमा नेपाल सरकार थाइल्याण्ड सरकारबीच आपसी सहयोग आदानप्रदान गर्न निम्न अनुसारका सम्झौता समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छः

 

  • पर्यटन क्षेत्रमा सहयोग सम्बन्धी समझदारीपत्र
  • सांस्कृतिक सहयोग सम्बन्धी सम्झौता

 

उक्त समभदारीपत्रमा नेपालका तर्फबाट माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले हस्ताक्षर गर्नु भएको थियो

 

यसै गरी भ्रमणका अवसरमा दुई देशका विभिन्न निजी क्षेत्रका देहाबमोजिमका निकायहरूबीच पनि आपसी सहयोग अदानप्रदान गर्न निम्न सम्झौताहरूमा हस्ताक्षर भएको छः

 

  • नेपाल उद्योग वाणिज्य महासंघ बोर्ड अफ ट्रेड, थाइल्याण्ड
  •    नेपाल चेम्बर अफ कमर्स, पर्यटन तथा सँस्कृति प्रवर्धन समिति एवँ   थाइल्याण्ड पर्यटन काउन्सिल
  • नेपाल उद्योग महासँघ थाइ उद्योग महासँघ
  • काठमाण्डौँ विश्वविद्यालय सियाम विश्वविद्यालय
  • जनता एग्रो तथा फोरेष्ट्री लिमिटेड कासेचार्ट (Kasetsart) विश्वविद्यालय
  • नेपाल नेत्रज्योति संघ माहिडोल विश्वविद्यालय

 

उच्चस्तरीय भ्रमणको आदान प्रदानमार्फत् दुबै देशबीच विद्यमान सम्वन्धलाई विस्तार एवं थप मजवुत बनाउन दुबै देश सहमत भएका छन्। यसै सन्दर्भमा मैले मेरा तर्फबाट थाइल्याण्डका प्रधानमन्त्री सिनावातलाई नेपाल भ्रमणको निम्ता दिएको छु। थाइल्याण्डका प्रधानमन्त्रीबाट चाँडै नै नेपालको भ्रमण हुने अपेक्षा राखेको छु।

 

थाइल्याण्ड भ्रमण कै क्रममा मैले थाइ नरेश वजिरालोङकर्ण महारानी सुथिदा वज्रसुधाविमलालक्षणा सँग शिष्टाचार भेट गरे

 

थाइल्याण्ड भ्रमणकै सन्दर्भमा २०८१ चैत २२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मैले बिमस्टेकको छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गरे उक्त सम्बोधनका क्रममा म्यानमार थाइल्याण्डमा हालै गएको महाभूकम्पका कारण ठूलो जनधनको क्षति भएकोमा नेपाल सरकार, नेपाली जनता मेरो ब्यक्तिगततर्फबाट ती मुलुकका सरकार जनताहरुमा हार्दिक समवेदना प्रकट गर्दै घाइते भएका ब्यक्तिहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छु साथै, करिब तीन दशकअघि बैंककमा बिमस्टेकको स्थापना भएयता बंगालको खाडी विश्वभर सघन परिवर्तन आएको आर्थिक असमानता, बढ्दो वातावरणीय जोखिम, राजनीतिक अनिश्चितता जस्ता साझा वैश्विक चुनौतिहरुको सामना गर्न बिमस्टेक अन्तर्गत क्षेत्रीय सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए शिखर सम्मेलनको नारासमृद्ध, उत्थानश खुला बिमस्टेकले दिगो विकासका लक्ष्यहरु प्रतिबिम्बित गर्नुकासाथै नेपालको राष्ट्रिय आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली लाई समेत प्रतिध्वनित गरेको कुरा मैले चर्चा गरे

 

जलवायु परिवर्तनले समस्त मानव समुदायको अस्तित्वलाई नै खतरामा पारेको एसियाको चिस्यान केन्द्र तथा विश्वको ताप शोषकको रुपमा रहेको नेपालको हिमश्रृङ्खलामा जलवायु परिवर्तनको असर अझ अत्यधिक रहेको उल्लेख गर्दै त्यसखाले वातावरणीय एवं अन्य क्षेत्रीय, अन्तर्राष्ट्रिय चुनौतीहरुबारे छलफल गर्न नेपाल सरकारले २०८२ जेठ - (१६-१८ मे २०२५) मा आयोजना गर्न लागेको सगरमाथा सम्वाद को पहिलो संस्करणमा सहभागिताका लागि विमस्टेक राष्ट्रका समकक्षीहरुलाई पुनः आमन्त्रण गरेको छु

 

उक्त शिखर सम्मेलनमा हस्ताक्षर भएका अनुमोदन गरिएका प्रमुख नीतिगत दस्तावेजहरु देहायबमोजिम रहेका छन्

  • बिमस्टेक सामुन्द्रिक यातायात सहयोग सम्बन्धी सम्झौता
  • बिमस्टेक बैंकक भिजन, २०३०
  • बिमस्टेकका प्रमुख संयन्त्र, क्षेत्रगत संयन्त्र वैदेशिक सम्बन्ध सम्बन्धी कार्यविधि
  • प्रबुद्ध ब्यक्तिहरुको समूह (ईपीजी) रिपोर्ट
  • बैंकक घोषणापत्र
  • MoU between Indian Ocean Rim Association (IORA) and BIMSTEC
  • MoU between United Nations Office on Drugs and Crime (UNODC) and BIMSTEC
  • MoU between BIMSTEC and World Bank on Strengthening Pandemic Prevention, Preparedness and Response and Health Systems Resilience among BIMSTEC Member States
  • बिमस्टेक अन्तर्गत क्षेत्रगत सहकार्यका कार्ययोजनाहरु 

 

बिमस्टेक सामुन्द्रिक यातायात सहयोग सम्बन्धी सम्झौतामा सामुन्द्रिक यातायात व्यापारका क्षेत्रमा सदस्य मुलुकहरूब कायम रहेको विद्यमान सहकार्यलाई थप प्रवर्द्धन गरी सामुन्द्रिक बन्दरगाहमार्फत हुने ब्यापारलाई सहज, मितब्ययी प्रभावकारी बनाउने विषयहरु समावेश छन्।यस सम्झौताले अन्तर्राष्ट्रिय कानूनले प्रत्याभूत गरेका भूपरिबेष्ठित राष्ट्रहरुको अधिकारलाई सुनिश्चि गरेको यसको कार्यान्वयनबाट सामुन्द्रिक मार्गबाट हुने नेपालको बैदेशिक व्यापार प्रर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको

 

बैङ्कक भिजन २०३० मा गरिवी निवारण, आर्थिक वृद्बि, विपद तथा जोखिम व्यवस्थापन समावेशी तथा दिगो विकाससँग सम्बन्धित लक्ष्यहरु हासिल गर्नका लागि प्राथमिकता दिनुपर्ने क्षेत्र तथा रणनीतिहरुहरु समावेश रहेका छन्।

 

विमस्टेक क्षेत्रको विकास, समृद्धि दिगोपनाको लागि बिमस्टेक भिजन २०३० कार्यान्वयन गर्ने, क्षेत्रीय रुपमा उपलब्ध आर्थिक वृद्धिका अवसरहरुलाई उपयोग गर्ने, वर्तमानमा सामना गर्नुपरेका एवं भविष्यमा आउन सक्ने जोखिमहरुको उचित ब्यवस्थापन रणनीति बनाउने सदस्य मुलुकका नागरिकहरुब सम्पर्क अभिवृद्धि गरी बिमस्टेक क्षेत्रलाई अझ समृद्ध, उत्थानश खुला बनाउने लगायतका विषयहरु समेटिएको बैंकक घोषणापत्र जारी गरी सो सम्मेलन समापन भयो  

 

सो शिखर सम्मेलन अघि बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो सो बैठकले शिखर सम्मेलनमा छलफल हुने समग्र नीतिगत विषय एवं एजेण्डाहरुको तयारी गरेको थियो उक्त बैठकले मानव स्रोत विकास, सार्वजनिक स्वास्थ्य, शिक्षा, विज्ञान तथा प्रविधि, जलवायु परिवर्तन सम्बन्धी कार्ययोजनालाई पारित गरी यथाशिघ्र कार्यान्वयनमा लैजान जोड दिएको छ।

 

थाइल्याण्ड भ्रमणका अवसरमा नेपाली थाइ प्रख्यात ब्यवसायीहरुसँग गरेको अन्तर्क्रियामा मैले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त कानुनी, सामाजिक  आर्थिक वातावरण रहेको वैदेशिक लगानीलाई सरल, सहज, सुरक्षित एवं प्रतिफलमुखी बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गरेँ। नेपालमा लगानीका प्रचुर संभावनाहरूको चर्चा गर्दै ठूलो संख्यामा त्यहाँ सहभागी सफल एवं प्रतिष्ठित थाइ व्यवसायी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेँ। थाइ लगानीकर्ताहरूले नेपालमा आफ्नो लगानी बिस्तार गर्न इच्छुक रहेको बताएका छन्।

 

थाइल्याण्ड भ्रमणकै क्रममा एशियन ईन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा संबोधन गरें त्यहाका प्रमुख, सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक, कर्मचारी एवम विद्यार्थीहरुस भेट गरी अन्तरक्रिया समेत गरे एआइटीले हालसम्म करिब १८ सय नेपालीलाई उच्च शिक्षा प्रदान गरेको त्यहाँ अध्ययन गर्ने विद्यार्थी मध्ये ३० प्रतिशतले विशिष्टता हासिल गरेका रहेछन् उच्च दक्षता हासिल गर्ने  नेपालीलाई मैले बधाई दिएँ एआइटीलाई धन्यवाद ज्ञापन गरें आपसी सहकार्य जारी रहने जानकारी गराएँ

 

साथै बिम्स्टेक शिखर सम्मेलनको साइडलाइनमा मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदी, श्रीलङ्काका प्रधानमन्त्री महामहिम डा. हरिणी अमरसुर्या, भुटानका प्रधानमन्त्री महामहिम छिरिङ तोब्गे म्यानमारका प्रधानमन्त्री महामहिम मिन आङ ल्हाङ्गसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेँ। भेटका अवसरमा नेपाल ती मुलुकहरूबीच कायम रहँदै आएको मैत्रिपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने एवं द्विपक्षीय सम्बन्धका साथै बिम्स्टेक लगायत क्षेत्रीय तथा अन्य बहुपक्षीय सहयोग सहकार्य थप सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भयो। साथै, म्यान्मारका प्रधानमन्त्रीसँग हालै म्यानमारमा गएको भूकम्पबाट भएको जनधनको क्षतिमा  समवेदना ब्यक्त गरेँ

 

समग्रमा यस पटकको मेरो थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैठौ शिखर सम्मेलनमा मेरो सहभागिता अत्यन्त सफल एवं सार्थक रह्यो। नेपालका प्रधानमन्त्रीको थाइल्याण्डको पहिलो भ्रमणबाट हाम्रा दुई मुलुकबीच रही आएको द्विपक्षीय सम्बन्धले थप उचाइ हासिल गरेको छ।

 

मेरो थाइल्याण्डको औपचारिक भ्रमण बिम्स्टेकको शिखर सम्मेलनमा त्यसपूर्वका मन्त्रीस्तरीय वैठक लगायतका द्विपक्षीय वैठक तथा  छलफलमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाबाट प्राप्त सहयोग, सुझाव एवम् भ्रमण दलका सदयहरुबाट भएको  सक्रिय सहयोगका लागि  धन्यबाद दिन्छु

 

औपचारिक भ्रमण, भ्रमणका क्रममा भएका द्विपक्षीय वार्ता विमस्टेक शिखर सम्मेलनलाई सफल पार्न परिश्रम गर्नुहुने परराष्ट्र मन्त्रालय परिवार तथा बैंकक स्थित नेपाली राजदूतावास परिवारलाई विशेष धन्यवाद

 

अन्त्यमा, यस औपचारिक भ्रमण शिखर सम्मेलनको अवधिमा थाइल्याण्ड सरकारबाट प्रदान गरिएको स्वागत, सत्कार, आतिथ्यता तथा सदाशयताका लागि मेरो प्रतिनिधिमण्डल तथा व्यक्तिगततर्फबाट थाइल्याण्डका प्रधानमन्त्री महामहिम फेथोङ्थान सिनावात तथा थाइ सरकार जनताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।यस भ्रमणप्रति सदाशय राखेर सकारात्मक ढंगले समाचार सम्प्रेषण गर्नुहुने सबै सञ्चार माध्यमहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। 

 

धन्यवाद