सुचना:- विदेशस्थित नेपाली राजदूतावास, स्थायी नियोग तथा महावाणिज्यदूतावास मार्फत यस मन्त्रालयमा प्राप्त हुने क्षतिपूर्ति लगायतका अन्य विभिन्न रकमहरु प्राप्त गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरुः–

विदेशस्थित नेपाली राजदूतावास, स्थायी नियोग तथा महावाणिज्यदूतावास मार्फत यस मन्त्रालयमा प्राप्त हुने क्षतिपूर्ति लगायतका अन्य विभिन्न रकमहरु प्राप्त गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरुः–

 

१)   विदेशस्थित नियोगहरुबाट परराष्ट्र मन्त्रालय मार्फत प्राप्त हुने क्षतिपूर्ति लगायतका अन्य रकमहरु सम्बन्धित व्यक्ति वा निजका नजिकको कानूनी हकदारलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत वितरण गरीने हुँदा सम्बन्धित व्यक्ति वा निजका नजिकको कानूनी हकदार यस मन्त्रालयमा आईरहनु पर्दैन ।

 

२)   विदेशस्थित नियोगहरुबाट यस मन्त्रालयमा रकम पठाए पश्चात सो रकमलाई मन्त्रालयले आम्दानी बाध्ने, विनियमदर एकीन गर्ने, चेक तयार गर्ने, जिल्ला अनुसार छुट्याउने, सम्बन्धित जिल्लाको सरकारी बैंक एकीन गर्ने र ड्राफ्ट तयार गर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गरी ड्राफ्ट प्राप्त भए पश्चात सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउँदा केही दिनको समय लाग्ने हुँदा बारम्बार मन्त्रालयमा टेलिफोन गर्ने वा व्यक्तिहरुनै मन्त्रालयसम्म आउने कार्य नगरी मन्त्रालयको वेभ साईटबाट जानकारी लिई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नु उचित हुनेछ ।

 

३)   यस मन्त्रालयमा विदेशस्थित नियोगहरुबाट विधिवतरुपमा विवरण सहितको क्षतिपूर्ति लगायतका अन्य रकमहरु प्राप्त भएको ४ दिन देखि १ हप्ता भित्रमा नेपाल राष्ट्र बैंकबाट ड्राफ्ट प्राप्त भए पश्चात सम्बन्धित जिल्ला प्रशासन कार्यलयहरुमा पत्र चलानी भई सक्नेछ ।

 

४)   मन्त्रालयको वेभ साईटको विवरणमा मृतकको नजिकको कानूनी हकदार वा राहदानीमा उल्लेख भएको निजको नजिकको नातेदारको सम्पर्क नम्बर र नाम संभव भएसम्म उल्लेख गरिनेछ ।

 

५)   कुनै वीमा कम्पनी वा रोजगारदाता कम्पनीले सोभैm सम्बन्धित व्यक्ति वा मृतकका हकदार आमा, वुवा, श्रीमति, छोरा, छोरीको नाममा चेक÷ड्राफ्ट निजहरु स्वयंले प्राप्त गर्नेगरी पठाउने गरेको अवस्थामा प्राप्त हुन आएको चेक÷ड्राफ्ट आफ्नो बैंक खातामा जम्मा गर्नु पर्दछ । यसको लागि यस मन्त्रालयमा आउनु वा सम्पर्क गर्नु आवश्यक पर्दैन ।

 

६)   गत विगत वर्षहरुदेखि नै क्षतिपूर्ति वापतको रकम कतिपय जिल्ला प्रशासन कार्यालयमा वितरण हुन नसकी बाँकी नै रहेको अवस्था समेत देखिएको हुंदा सो रकम वितरण गर्न कुनै समस्या परेमा मन्त्रालयको आर्थिक प्रशासन शाखामा तत्कालै सम्पर्क राख्न सकिनेछ . गत विगत वर्षहरु देखिकै जिल्ला प्रशासन कार्यालयx?को आफ्नो खातामा मौज्दात रहेको क्षतिपूर्ति लगायतको अन्य रकम सम्बन्धित व्यक्ति jf निजका नजिकका कानूनी हकदारलाई शीघ्र वितरण गर्ने तर्फ जिल्ला प्रशासन कार्यालयहरुले ;dod} ध्यान दिन जरुरी देखिन्छ ।

 

७)   सम्बन्धित व्यक्ति वा निजका नजिकका कानूनी हकदारहरुले आफूले प्राप्त गर्नुपर्ने क्षतिपूर्ति लगायतका रकम प्राप्त गर्ने क्रममा कुनै समस्या वा द्विविधा पर्न गएमा तत्कालै यस मन्त्रालयमा जानकारी गराउन सकिनेछ ।

 

नेपाल सरकार

परराष्ट्र मन्त्रालय

सिंहदरवार ।

टेलिफोनः ९७७–१– ४२००१८२ देखि १८५ (Ext. २५८,२६२,२६३,२६५)  ४२००१९८ फ्याक्सः ९७७–१४२०००६१

 

नोटः क्षतिपूर्ति लगायतका अन्य रकमहरु सम्बन्धित व्यक्ति तथा निजका नजिकका कानूनी हकदारलाई बुझाउने प्रयोजनार्थ सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा पठाएको विवरण यस मन्त्रालयको वेभ साईटः www.mofa.gov.np/compensation-status/ मा समेत राख्ने गरिएको हुँदा कतिपय सूचना एवं आवश्यक जानकारी सोही वेभ साईटबाट समेत अवगत गर्न सकिने व्यहोरा अनुरोध छ ।