प्रेष विज्ञप्ति

प्रेष विज्ञप्ति

मलेसिया तथा मध्यपूर्व एसियाका कतार, साउदी अरेविया, संयुक्त अरव इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीहरुले राहदानीका लागि ८०।- अमेरिकी डलर तिर्दै आएकोमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति 2073/05/16 को निर्णयबमोजिम ५०।- अमेरिकी डलर कायम गरिएको छ ।

सो शुल्क नेपालमा जिल्ला प्रशासन कार्यालयहरुमार्फत राहदानी लिंदा तिर्नुपर्ने न्यूनतम शुल्क बराबर रहेको छ ।

वैदेशिक रोजगारमा तत् तत् मुलुकहरुमा रहनुहुने नेपालीहरुलाई आर्थिक बोझ कम होस भन्ने अभिप्रायले परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले उक्त निर्णय गरेको हो ।

मलेसिया तथा मध्यपूर्व एसियामा कार्यरत रही विष्रेषणमार्फत नेपालको सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान पुर्याउनु हुने नेपाली दाजुभाई दिदिबहिनीहरु राहदानी शुल्क सम्वन्धी नयाँ व्यवस्थाले  लाभान्वित हुनेछन् ।

उक्त निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशित भएपश्चात लागू हुनेछ ।

 

परराष्ट्र मन्त्रालय

सिंहदरबार

मितिः 2073/05/16